समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौँ, १८ कार्तिक । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान शिवराज नगरपालिका–५, चन्द्रौटा खसी बजारस्थितमा रा.७ प २४४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया टीका पौडेल छिन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तु हुँदै चौराह अस्पताल बुटवलमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।