काठमाडौँ, १८ कार्तिक । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आज बिहान ९:१० बजे भएको दुर्घटनामा जिपमा करिब १२ देखि १५ जनासम्म सवार रहेको बताइएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकको पहिचान, घाइतेको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्