सुनसरी, ९ मंसिर । धरान उपमहानगरपालिका ११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।
मंगलबार दिउँसो स्थानीय ४८ वर्षीय प्रकाश तामाङको घरको कोठाभित्र खानतलासी गर्दा उक्त पदार्थ र नगद फेला पारेको हो । नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्