समाचार

आगलागीवाट पाँचथरमा एक वालिकाको मृत्यु, एक गम्भीर घाइते



साउन ३१, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा एक वालिकाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएकि छिन् ।

आगोलागिमा परी २१ महिनाकी अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा कमला राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

आगलागीबाट मानवीय क्षतिसँगै रु सात लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिएका छन् ।