समाचार

आजको राशिफल



आज २०७६ साल पुस २७ गते आइतबार, माघ शुक्ल पक्ष द्वितीया, पृथ्वी जयन्ती/राष्ट्रिय एकता दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सौन्दर्यतामा खर्च पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दैनिक कार्यमा पनि प्रगती हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । समाजिक कार्यमा मन जाला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धार्मिक कृत्यको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । स्वास्थ्यमा समस्या आउला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमापनि फाईदा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज बन्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

साभारः हाम्रो पात्रोबाट