काठमाडौँ, २० असोज । नेपालीहरुको महान् पर्व विजया दशमीको नवौं दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी भव्यरुपमा मनाउँदै छन् । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको…