नवनियुक्त चार देशका राजदूतद्धारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

काठमाडौँ, २८ साउन । नवनियुक्त चार देशका राजदुतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित एक कार्यक्रममा नेपालका लागि रसियन राजदूत एलेक्से ए. नोभिकोभ, लक्जम्बर्गका राजदूत जेन क्लाउड कुगेनर, गणतन्त्र लिथुआनियाका राजदूत जुलियस प्रानेभिसियस र कुबेतका राजदूत जासेम इब्राहिम अल्नाजेलले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त समारोहमा परराष्ट्रमन्त्री…