काठमाडौँ, ८ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पर्ने आरुबोटेमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गरी सत्य(तथ्य चाँडै सार्वजनिक गर्ने बताउनुभएको छ । बुधबार राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयमा समय माग गरेर सामूहिक हत्याकाण्डका बारेमा सदनलाई जानकारी गराउँदै घटनाको अनुसन्धान गरेर सत्यतथ्य पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराउनुभयो । मन्त्री थापाले आगामी…