काठमाडौं, ३ माघ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै राजनीतिक दलहरुलाई विकास, निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न आहृवान गरेका छन । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘बृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले संवैधानिक व्यवस्था अनुसार कानून र संरचना तयार हुनेवित्तिकै सरकारको कामले तीव्रता पाउने प्रष्ट पार्दै सबै राजनीतिक दलहरुलाई प्रतिस्पर्धा गरेर अघि बढ्न आहृवान गरेका हुन । संघीयता अनुकुलको कानून…