काठमाडौँ, १ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिमा सरकार अघि बढिसको बताउँदै कोही कसैले सामान्तवाद पुनः फर्काउँछु भनेर परिकल्पना नगर्न चेतावनी दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा कानुन व्यवसायी संगठनहरुको एकता घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो, ‘बुर्जुवाहरु आफुलाई प्रजातान्त्रिक भन्छन्, दुनियाँभरका बुर्जुवाहरुलाई भन्न…