भदौ १८, डडेल्धुरा । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी दिन गौराको पूजाआजा गरी प्रदेश ७ मा हर्षोल्लासका साथ मनाइँदै छ । प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरा बाहेक दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार…