काठमाण्डौ १६ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही २५ फागुनभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैतको पहिलो साताभित्रै बृहत् एकता घोषणा गर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले भने, ‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुंगो लगाउँछौं, त्यसपछि एकता…