काठमाडौं १७ माघ । प्रधानमन्त्री भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतमा गराउने उद्देश्यसहित भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन् । नयाँ जनादेशबाट वाम गठबन्धनले सरकार बनाउने प्रायः निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउन लागेकी हुन् । नेपालको दुईदिने शुद्ध राजनीतिक भ्रमणमा आउन लागेकी…