पत्रकारिता स्वतन्त्र हुनुपर्छ : सभामुख

काठमाडौँ, ३० असार । सभामुख ओनसरी घर्तीले नेपालमा विभिन्न बहानामा स्वतन्त्र पत्रकारितामाथि अवरोध हुने गरेको बताइन । फोटो जर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडियाको सहयोगमा आजदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा शुरु भएको ‘पत्रकार र सुरक्षा’ विषयक दुई दिने फोटो प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारभूत विषय भएकाले पत्रकारिता स्वतन्त्र हुनुपर्नेका जोड दिइन…