काठमाडौँ, २७ असार । राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानव अधिकार उल्लङ्घनका विषयमा सरकारलाई कारबाहीका लागि गरेका सिफारिस १७ वर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनाएको छ । व्यवस्थापिका–संसद्अन्तर्गत सामाजिक न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले भने – गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका बिषयमा आयोगले…