त्रिसट्ठी टोलका मूल गुरुलाई सम्मान

काठमाडौँ, २५ असार । गुरु पूर्णिमाका अवसरमा ज्यापू संस्कृति विकास कोषले यहाँका विभिन्न ६३ टोलका मूल गुरुलाई आज सम्मान गरेको छ । नेवारी परम्पराअनुसार प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले भादगाउँले कालो टोपी, टीका, फूलको माला, दही, माछा, अण्डा तथा रक्सीको सगुनसहित पूजा गरेका थिए । काठमाडौँको वन्दे, तननी, मखन, नेत, ज्याठा, यट्खा, नबहाः,…