काठमाडौँ, ५ असार । उपत्यकाबाट निर्वाचित नगरपालिकाका प्रमुख एवम् उपप्रमुखले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई कर्मचारी प्रशासनले केही पनि नगर्नु भनी पत्राचार गरिरहेको प्रति आपत्ति जनाएका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज यहाँ आयोजना गरेको सडक बिस्तार, घर जग्गाको मापदण्ड, नयाँ सहर र बाहिरी चक्रपथसम्बन्धी अन्तरक्रिया कार्यक्रममा जननिर्वाचित प्रतिनिधिलाई प्रत्येक दिन यो नगर्नु, त्यो नगर्नु…