काठमाडौँ, ४ असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच समसामयिक परिस्थिति र नेपाल चीन सम्बन्धका विविध आयामबारे छलफल भएको छ । आफ्नो निवास लाजिम्पाटमा आज भएकोे शिष्टाचार भेटमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकीबीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा…