काठमाडौँ,१२ जेठ। मतगणना कार्य अन्तिम चरणमा पुग्दा काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता लिरहेकछन् । पछिल्लो मतपरिणाम अनुसार शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन्। ३२ वडा रहेको काठमाडौं महानगरमा २५ वडाको नतिजा सार्वजनिक भइसक्दा प्रमुख पदमा एमाले पहिलो र दोस्रोमा प्रमुख पदका उम्मेदवार काँग्रेसका राजुराज जोशीले ३८ हजार ७३८…