काठमाडौँ, २३ पौष । नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुन पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् । आज काठमाडौँमा सुरु भएको पार्टीका सांसदहरूको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरूको कामलाई प्राथमिकता दिएर अघि बढ्न पार्टीका सांसदहरूलाई…