केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय

काठमाडौँ, ११ भदौ । अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अघि सार्ने भएको छ । आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय भएको हो । त्यस्तै आजको बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका…