कलाकार र साहित्यकार राष्ट्रको एक महत्त्वपूर्ण अंग : प्रधानमन्त्री

काठमाडौँ, २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कलाकार तथा साहित्यकारहरू राष्ट्रको एक महत्त्वपूर्ण अंग रहेको बताएका छन् । आज काठमाडौँमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको प्रतिष्ठानको १२औं प्राज्ञ सभा बैठक समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले देशमा लोकतन्त्रको स्थापना तथा संरक्षणमा कलाकार तथा साहित्यकारहरूको भूमिकाबारे प्रस्ट्याएका हुन् । उनले भने, “संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठान भनेको…