काठमाडौँ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग घाइते/अपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे ध्यानाकर्षण गराएका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न आग्रह गरेका हुन् । पाँचबुँदे ध्यानाकर्षण; १. सशस्त्र द्वन्द्वमा घाइते…