काठमाडौँ, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् । आज प्रधानमन्त्री देउवाले रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गरेका हुन् । खिम्ती सब–स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट…