राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन

काभ्रेपलाञ्चोक, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन् । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन् । उनी विहान १०ः३० बजे मन्दिर पुगेकी थिइन् । उनी राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजा यो तेस्रो पटक हो ।…