शेख हसिनाद्वारा निर्वाचन परिणाम अस्वीकार

एजेन्सी, १ फागुन । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी 'अवामी लिग' लाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाउँदै यसलाई अवैध घोषणा गरेकी हुन्। निर्वाचनको नतिजा सार्वजनिक भएपछि…