रेल रोकिएको रोकियै: कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा सञ्चालन अनिश्चित

काठमाडौँ, २ असोज । गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल नांगिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन। धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा…