आज बसेको मन्त्रिपरिषद् बैठक सकियो, (निर्णयसहित)

काठमाडौँ, २१ भदौ । आज बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो । बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार…