काठमाडौँ, १६ भदौ । सरकारले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्ला सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता नै लागु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागु गर्ने निर्णय गरेको हो । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएर लागु गर्ने निर्णय गरेको छ ।…