काठमाडौँ, १५ साउन । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको र आफुहरुको सांसद पद कायम गरि पाउँ भनी सर्वोच्चमा…