काठमाडौँ, २७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् । आज जंगी अड्डामा सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आगामी चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका…