सांसद बस्नेतद्वारा त्रिवेणी खोलाको पुल उद्घाटन

भक्तपुर, ४ चैत । सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलासे–डोलेश्वर खण्डमा पर्ने त्रिवेणी खोलाको पक्की पुल उद्घाटन गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एक विशेष कार्यक्रमका बिच उक्त पुल आज विधिवत रुपमा उद्घाटन गर्नुभएको हो । ८ मिटर चौडाई भएको उक्त मोटेरेवल पुलको लागत रु ८१…