काठमाडौँ, २८ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नहुने बताएका छन् । आज जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म मेलमिलाप कायम गर्नु भएपनि पीडितले न्यायको अनुभूति नगर्दासम्म टाउको जोडेर मात्र न्याय हुँदैन भन्ने बुझेको बताए ।…