काठमाडौँ, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउनुभएको छ । नेपालीहरुको महान् चाड दिपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले तिहार तथा भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ…