चीन सरकारको बीआरआई अन्तर्गतका अनुदान परियोजना अगाडि बढाउन अर्थमन्त्री अनिच्छुक

काठमाडौँ, २९ जेठ । चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन् । मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन ।  अर्थमन्त्री खतिवडाले पछिल्लो समय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकसँग आपत्कालीन ऋण…