नेपालको नक्सा पारित भएको मात्र नभई तत्काल भूमि फिर्ता ल्याएरै छोड्ने प्रम ओलीको उद्घोष

काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भूमिसहितको नयाँ नक्सा मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको जानकारी गराउँदा प्रतिनिधिसभामा तालीको वर्षा नै भएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकमा अतिक्रमित भूमिसहितको नयाँ नेपालको नक्सा मन्त्रीपरिषद्ले स्वीकृत गरेको औपचारिक जानकारी गराउनुभएको…