सनसिटी अपार्टमेन्ट काँडाघारीका तीन जनामा कोरोना पोजेटिभको आशंका

काठमाडौँ, १ बैशाख । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ काँडाघारी, पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाई कोरोना पोजिटिभको आशंका गरिएको प्रहरीले जनाएको छ । र्यापिड डाईग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको र प्रहरीको पहलमा उनीहरुलाई सोमबार साँझ नै पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।…