काठमाडौँ, १९ चैत । यूएईले मार्च १ भन्दापछि यूएईको आवासीय भिसा सकिएकालाई तीन महिना थपिदिने भएको छ । सोमबार यूएईको मन्त्रीपरिषदले मार्च १ पछि यूएईको आवासीय भिसा सकिनेलाई निःशुल्क तीन महिना अवधिको भिसा नवीकरण गर्ने निर्णय गरेको हो । स्थानीय सञ्चारमाध्यम गल्फ न्युज का अनुसार कोरोना भाइरसको कारण उत्पन्न परिस्थितीले भिसाको अवधि सकिएर पनि स्वदेश फर्कन नपाएकाको…