काठमाडौँ, १३ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसरको सदुपयोग गर्न अपील गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससलेे बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए । यसको सदुपयोग गरी कोभिड-१९लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन् । कोरोना भाइरस नियन्त्रणका…