काठमाडौँ, ३ चैत । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ । शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी अझ सक्रिय देखिए । आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुबीच भएको भिडयो कन्फेरेन्समा सिंहदरबारस्थित एक्सन रुमबाट सम्बोधन गरे । १९…