बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १५ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।