काठमाडौँ, २५ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।