सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो । बरामद नोटको कुल रकम २४,००० रुपैयाँ रहेको जनाइएको छ । पक्राउ परेका व्यक्तिहरूमा मोटरसाइकल…