काठमाडौँ, १९ असार ।बजेटको महत्वपूर्ण स्रोतमध्येको वैदेशिक सहायता प्रतिबद्धतामा शतप्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको बुलेटिन अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म नेपालले दुई खर्ब २१ अर्ब रुपियाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रतिबद्धता एक खर्ब दुई अर्ब रुपियाँ थियो । समीक्षा अवधिमा…