अर्थतन्त्र चलायमान बनाउन वैकल्पिक वित्त परिचालन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौँ, २३ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्वाधार विकासमा लगानी जुटाउन र परम्परागत वित्तीय स्रोतको सीमिततालाई सम्बोधन गर्न वैकल्पिक वित्त परिचालन सम्बन्धी नयाँ विधेयक ल्याइएको बताएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलका लागि प्रस्तुत ‘वैकल्पिक वित्त परिचालन गर्न बनेको विधेयक’ का विषयमा धारणा राख्दै उनले…