बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७५ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।