बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ७ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६६ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला २१ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।