काठमाडौँ, १० माघ । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला भित्रिएको छ । भन्सार विभागका अनुसार सो परिमाणमा सुन्तला आयात गर्दा ५० करोड ६१ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । यस्तै राज्यले ९ करोड ७५ लाख ०६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ…