परिसूचक नेप्से ६ अंकले घट्यो

काठमाडौँ, २५ मंसिर । सेयर बजार परिसूचक नेप्से मंगलबार ६ अंकले घटेको छ । अघिल्लो कारोबारको दिन (सोमबार) १२ अंक घटेको बजार आज ६.३२ अंकले घटेको हो । बजारसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पाँच अर्ब ६२ करोड कारोबार भएको बजारमा आज एक अर्ब २१ करोड रकम घटेर चार अर्ब ४१ करोडमा झरेको छ…