निर्वाचन आयोगको चौथो रणनीतिक योजना, करिब २५ अर्ब खर्च प्रस्ताव

काठमाडौँ, १३ साउन । निर्वाचन आयोगले निर्वाचन सञ्चालनबाहेक साढे २५ अर्ब रुपियाँभन्दा बढी खर्च गर्ने प्रस्तावसहितको रणनीतिक योजनाको मसौदा तयार गरेको छ । आगामी आवधिक निर्वाचन २०८४ मा हुने छ । आयोगले चौथो रणनीतिक योजना (२०८१/०८२ देखि २०८५/०८६) ले २५ अर्ब ५० करोड ४५ लाख खर्च हुने प्रक्षेपण गरेको हो ।  आयोगका प्रवक्ता रघुराम विष्टले थुप्रै कानुन, कार्यविधि, निर्देशिका,…